दिदी-बहिनी समाज मेलबर्न म्याराथन महोत्सवमा सहभागी
नेपाली समुदायको तर्फबाट दिदी-बहिनी समाज भिक्टोरियाले मेलबर्न म्याराथन महोत्सव २०२२ मा संस्थागत रूपमा पहिलो पटक सहभागिता जनाएको छ । उक्त महोत्सवमा नेपाली समुदायले नेपलिज रनर्स एन्ड वाकरको नामबाट सहभागिता जनाएको थियो ।
अन्तर्राष्ट्रिय स्तरको खेलको लागि एक लाखभन्दा बढी क्षमता भएको मेलबर्नको मेलबर्न क्रिकेट ग्राउन्डमा उक्त महोत्सवका लागि सहभागिता जनाएका करिब ३५ हजारबीच नेपाली समुदायले शारीरिक र मानसिक स्वास्थ्य सचेतनाका लागि दिदी-बहिनी समाज भिक्टोरियाको समन्वयमा सहभागिता जनाएको हो ।
उक्त महोत्सवमा नेपाली समुदायका तर्फबाट ४२ किमी, १० किमी, ५ किमी, ३ किमी र हिँडाइ गरी ५ फरक फरक विधामा ५० भन्दा बढीद्वारा सहभागिता जनाइएको थियो । यो महोत्सवमा दिदी-बहिनी समाज भिक्टोरियाले २०२० मा नै सहभागिता जनाउने योजना रहे तापनि कोभिडका कारण यो सम्भव हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास