दिदी-बहिनी समाज मेलबर्न म्याराथन महोत्सवमा सहभागी
नेपाली समुदायको तर्फबाट दिदी-बहिनी समाज भिक्टोरियाले मेलबर्न म्याराथन महोत्सव २०२२ मा संस्थागत रूपमा पहिलो पटक सहभागिता जनाएको छ । उक्त महोत्सवमा नेपाली समुदायले नेपलिज रनर्स एन्ड वाकरको नामबाट सहभागिता जनाएको थियो ।
अन्तर्राष्ट्रिय स्तरको खेलको लागि एक लाखभन्दा बढी क्षमता भएको मेलबर्नको मेलबर्न क्रिकेट ग्राउन्डमा उक्त महोत्सवका लागि सहभागिता जनाएका करिब ३५ हजारबीच नेपाली समुदायले शारीरिक र मानसिक स्वास्थ्य सचेतनाका लागि दिदी-बहिनी समाज भिक्टोरियाको समन्वयमा सहभागिता जनाएको हो ।
उक्त महोत्सवमा नेपाली समुदायका तर्फबाट ४२ किमी, १० किमी, ५ किमी, ३ किमी र हिँडाइ गरी ५ फरक फरक विधामा ५० भन्दा बढीद्वारा सहभागिता जनाइएको थियो । यो महोत्सवमा दिदी-बहिनी समाज भिक्टोरियाले २०२० मा नै सहभागिता जनाउने योजना रहे तापनि कोभिडका कारण यो सम्भव हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वकालिक महान् चलचित्र ‘दो बिघा जमिन’
-
अखिल (क्रान्तिकारी) को तेस्रो केन्द्रीय समितिको बैठक सुरु
-
बाजुरा र हुम्लाको सीमा विवाद : सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो
-
अब हाम्रो भेट विश्वकपपछि मात्र हुनेछ प्रिया !
-
च्याटजिपिटी संवादका कारण गयो युवतीकाे ज्यान, एआई विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
-
भारतको आसाममा वायुसेनाको सैन्य विमान दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण