फ्रान्सेली लेखिका एनी एनोक्सलाई साहित्यतर्फको नोबेल पुरस्कार
बिहीबार, २० असोज २०७९, १७ : ३८
फ्रान्सेली लेखिका एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।
एनी एनोक्सले भनिन्, "लेखन एउटा राजनीतिक कार्य हो, जसले सामाजिक असमानता हेर्नको लागि हाम्रो आँखा खोल्छ।" लेखिका एनी एनोक्सको जन्म सन् १९४० मा भएको थियो । उनी नर्मन्डीको सानो शहर यभेटमा हुर्किएकी थिइन्। यहाँ उनका आमाबाबुले किराना पसल र क्याफे चलाउँथे।
गत वर्ष तान्जानियाका उपन्यासकार अब्दुलराजक गुर्नहलाई साहित्यको नोबेल पुरस्कार प्रदान गरिएको थियो। स्वीडिश एकेडेमीले नोबेल पुरस्कार विजेतालाई 10 मिलियन स्वीडिश क्राउन दिन्छ, जुन लगभग 1.2 मिलियन डलर बराबर हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा