शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खोलाले बगाएर पाल्पामा एक बालिकाको मृत्यु, दुई जनाको उद्दार

शुक्रबार, २१ असोज २०७९, ०६ : ११
शुक्रबार, २१ असोज २०७९

पाल्पा जिल्लाको रिब्दीकोटमा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका वडा ६ ठिमुरेस्थित मन्दी खोलाले बगाउँदा रिब्दीकोट–५, नयाँ टोलकी ५ वर्षीया प्रिन्सु पचभैयाको मृत्यु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बेलुकी पाँच बजेतिर नयाँ टोलबाट रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो । खोला तर्ने क्रममा प्रिन्सु, ३४ वर्षकी कविता पचभैया र ३२ वर्षकी मीना रानालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । खोलाले बगाएका कविता पचभैया र मीना रानाको भने उद्दार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मीना राना घाइते भएकाले तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा भइरहेको छ । कविता भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप