कांग्रेसले यो वर्षको दसैँमा चियापान कार्यक्रम नगर्ने
नेपाली कांग्रेसले यस वर्ष दसैँको अवसरमा गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेकोले चियापान नगरिने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।
“असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारहरूले उम्मेदवारी मनोनयन गर्नु पर्ने भएकाले यस वर्षको असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,” विज्ञप्तिमा उल्लेख छ ।
विसं २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किए पछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान कार्यक्रम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण