शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पुष्पा-२ मा अर्जुन कपुर पुलिस अफिसर

शनिबार, २२ असोज २०७९, १२ : ४०
शनिबार, २२ असोज २०७९

फिल्म ‘पुष्पा’ को दोस्रो भागलाई लिएर एक नयाँ खबर बाहिर आएको छ । खबरअनुसार ‘पुष्पा २’ लाई बलिउडसँग जोड्नका लागि निर्माताले अभिनेता अर्जुन कपुरलाई अभिनय गराउने भएका छन् । फिल्ममा अर्जुन पुलिस अफिसरको भूमिकामा हुनेछन् ।

फिल्मका निर्माताहरु फिल्मलाई ‘पुष्पाः द राइज’ भन्दा कैयौं ठूलो बनाउन चाहन्छन् । सोही कारण उनीहरुको ध्यान बलिउडका दर्शकलाई आफ्नो फिल्ममा आकर्षण रहेको छ ।

फिल्ममा अर्जुनलाई अभिनय गराउने भनिए पनि यो विषयमा हालसम्म आधिकारिक केही जानकारी बाहिर आएको छैन । यदि यो फिल्मका लागि अर्जुनले सहमति जनाए पनि उनको यो पहिलो तेलुगु फिल्म हुनेछ । बलिउडमा अर्जुनले खासै केही कमाल देखाउन सकेका छैनन् । यो अवस्थामा यसअघि हिट भइसकेको ‘पुष्पा’को सिक्वेलमा उनलाई देखिनु करियरका लागि नयाँ उचाइ हुने विश्वास गरिएको छ ।

‘पुष्पाः द राइज’ गत वर्षको डिसेम्बर १७ मा रिलिज भएको थियो । फिल्ममा अल्लू अर्जुनले ‘पुष्पाराज’ र अभिनेत्री रश्मिका मन्दानाले ‘श्रीवल्ली’को भूमिकामा अभिनय गरेका थिए । फिल्मले विश्वव्यापी रुपमा ३ सय ५० करोड बढी कलेक्सन गरेको थियो । फिल्म ‘पुष्पा २’ को बजेट निर्माताले ४ सय ५० करोड बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप