बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

पीएस-१ ले तोड्यो द कश्मीर फाइल्सको रेकर्ड

सोमबार, २४ असोज २०७९, ०९ : २१
सोमबार, २४ असोज २०७९

पीएस–१ ले बक्स अफिसमा धमाका मच्चाएको छ । रिलिजको नौ दिनमा पनि दर्शकमा चलचित्रको क्रेज कायमै छ । फिल्मले अहिलेसम्म ३६८ करोड भारुभन्दा बढी कमाइ गरिसकेको छ । योसँगै पीएस-१ ले द कश्मीर फाइल्सको वर्षको उत्कृष्ट फिल्मको रेकर्ड तोडेको छ । ट्रेड एनालिस्टको विश्वास गर्ने हो भने फिल्मले आइतबार पनि राम्रो व्यापार गर्ने छ ।

पीएस–१ ले लगातार नवौँ दिन पनि बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ। फिल्मले तमिलनाडु राज्यमा मात्र १२ करोड कमाएको छ । तेलुगु भाषामा फिल्मले २५ लाख कमाएको छ । यसले केरलामा १.२ करोड, कर्नाटकमा १.४ करोड र हिन्दीमा १.८ करोड कमाएको छ। समग्रमा भारतमा फिल्मको कलेक्सन १६.६५ करोड रहेको छ ।

पीएस-१ को समग्र कमाइको कुरा गर्दा, फिल्मले विश्वभर ३६७.२५ करोड कमाएको छ । योसँगै यो फिल्म सन् २०२२ मा सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बनेको छ । पीएस-१ ले अहिलेसम्म भारतमा २३९.२ करोड भारु कमाएको छ, जसमध्ये तमिलनाडुले मात्र १५४.६ करोड भारु कमाएको छ। पीएस–१ ले विदेशमा पनि निकै राम्रो प्रतिक्रिया पाएको छ, जसका कारण फिल्मको ओभरसिज कलेक्सन १२८.२ करोड भारु पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप