ज्योतिषमा अमिताभ बच्चनको विश्वास : नियमित लगाउँछन् नीलम रत्न
बलिउडका महानायक अमिताभ बच्चन ८० बर्ष पुगेका छन् । उनी आज आफ्नो ८० औँ जन्मदिन सेलिब्रेसन गर्दैछन् ।
लामो समयदेखि बिभिन्न माध्यमबाट दर्शकलाई निरन्तर मनोरञ्जन दिन सक्रिय बच्चन अहिले पनि फिल्म अभिनयका कारण सर्वसाधारण माझ लोकप्रिय छन् । फिल्मका अलावा अमिताभ बच्चन आफ्नो रियालिटी शो ‘कौन बनेगा करोडपति’ मार्फत पनि दर्शकसँग जोडिँदै आएका छन् ।
अमिताभ बच्चनले आफ्नो फिल्मी करियरमा दर्जनौं हिट फिल्म दिएका छन् । उमेरको यो चरणमा पनि उनी युवा कलाकार जत्तिकै सक्रिय छन् । अझै पनि फ्यानहरु उनको फिल्मको प्रतिक्षामा रहन्छन् ।
करियरको सुरुवातमा असफलता निकै ब्यहोरेको बच्चनले बलिउडमा लामो यात्रा तय गर्नुको केही हदसम्म श्रेय ज्योतिषलाई पनि जान्छ । उनी ज्योतिषमा धेरै विश्वास गर्छन् । बच्चन मात्र नभई उनको सम्पूर्ण परिवार ज्योतिषमा विश्वास राख्छन् । उनी हातमा नीलम रत्न नियमित लगाउँछन् ।
अमिताभले नीलम त्यो समयदेखि लगाउन थालेका थिए, जतिबेला उनी बलिउडमा सफलताको खोजीमा थिए । तर सफलतापछि उनले यसलाई आफूबाट कहिल्यै अलग राखेनन् ।
यही कारण हो कि अमिताभले एक हातमा नीलमणि मात्र होइन, अर्काे हातमा पन्ना पनि लगाएका छन् । उनी यी दुवै रत्नहरूमा दृढ विश्वास गर्छन् ।
अमर उज्याला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण