लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज
मङ्गलबार, २५ असोज २०७९, १८ : ५२
नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धनगढी उपमहागरपालिका–१५ का स्थानीय समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले चौधरीविरुद्ध दिएको उजुरी उपर मंगलबार जाँचबुझ गर्दा चौधरी उम्मेदवार हुन ‘अयोग्य’ पाइएकाले उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले जनाए ।
टीकापुर घटना सम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजायसमेत तोकेको अवस्थामा कैद भुक्तान नगरेका चौधरी कानुनतः उम्मेदवार बन्न अयोग्य देखिएको उनको भनाइ छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण