रातभरी दूधमा भिजाएकाे कालो चना बिहान खाँदा स्वास्थ्यमा हुनेछ यस्ता ८ असाधारण फाइदा
चना भिजाएर खाँदा पचाउन सजिलो हुन्छ र पोषक तत्वको अवशोषण पनि राम्रो हुन्छ । हामीमध्ये धेरैले फिट रहनको लागि रातभर पानीमा भिजाएर बिहान खाली पेटमा चना खान्छौं, विशेष गरी कालो चना । यो फिटनेस प्रेमीहरूको लागि सबैभन्दा मनपर्ने बिहानको खाना हो । पानीमा भिजाएको चना खानुका फाइदाहरू त हामी सबैलाई थाहा छ तर के तपाईंले कहिल्यै दूधमा भिजाएर चना खानुभएको छ ? के तपाईलाई थाहा छ कालो चनालाई रातभर दूधमा भिजाएर बिहान खाली पेटमा खाँदा यसले अत्याधिक स्वास्थ्य लाभ गर्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔँः
बिहान दूधमा भिजाएको चना खानुका फाइदाबारे थप जान्नका लागि एक भारतीय सञ्चार माध्यमले क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलसँग कुरा गरेको छ । उनका अनुसार दुध र कालो चना दुवै प्रोटिन र क्याल्सियमको उत्कृष्ट स्रोत हुन् । साथै, यो संयोजनमा फाइबर, पोटासियम, आइरन, म्याग्नेसियम र भिटामिन बी, सी, डी जस्ता आवश्यक खनिजहरूमा प्रशस्त छ । जसका कारण यो स्वास्थ्यका लागि निकै फाइदाजनक साबित हुन सक्छ ।
कालाे चना दूधमा भिजाएर खानुका फाइदाहरू
१. ऊर्जावान बनाउँछ
यदि तपाईंले आफ्नो दिनको सुरुवात रातभर दूधमा भिजाएको कालो चना खाएर गर्नुहुन्छ भने यसले शरीरलाई तत्काल ऊर्जा दिन्छ । यसले तपाईंलाई दिनभर ऊर्जावान महसुस गराउँछ । तपाईंले कसरत वा शारीरिक गतिविधिको समयमा यसको प्रभाव देख्नुहुनेछ ।
२. पाचन बलियो बनाउँछ
फाइबर जस्ता अत्यावश्यक पौष्टिक तत्वले भरपूर भएकाले यसले तपाईंको पाचन प्रक्रियालाई सुधार्नुका साथै मेटाबोलिजम बढाउन मद्दत गर्छ । यसबाहेक, यसले खानाबाट पोषक तत्वहरूको अवशोषणमा पनि सुधार ल्याउँछ ।
३. हड्डी बलियो बनाउँछ
यो मिश्रण हड्डी र दाँतका लागी धेरै लाभदायी छ । प्रोटिन–क्याल्सियम प्रचुर मात्रामा हुने भएकाले यसले हड्डीलाई मजबुत बनाउँछ । यसले दाँतमा हानी गर्ने र हड्डी भाँचिने जोखिम पनि कम गर्छ । यसले हड्डी र जोर्नी दुखाइबाट पनि राहत दिन्छ ।
४. शरीरको शक्ति बढाउनुहोस्
यदि तपाईंले दूधमा भिजाएको चना नियमित रूपमा खानुहुन्छ भने यसले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ । यसले तपार्इंको मांसपेशीलाई कडा बनाउन, दुब्ला मांसपेशीहरुको निर्माण गर्न र तिनीहरूलाई बलियो बनाउन मद्दत गर्दछ । यसले तपाईंको शारीरिक शक्ति बढाउन मद्दत गर्छ ।
५. रक्तचाप नियन्त्रणमा मद्दत गर्दछ
यो मिश्रण खराब कोलेस्ट्रोल घटाउन र राम्रो कोलेस्ट्रोल बढाउन धेरै लाभदायी छ । क्याल्सियम, पोटासियम, म्याग्नेसियम प्रचुर मात्रामा पाइने भएकाले यसले उच्च रक्तचाप घटाउन र नियन्त्रण गर्न पनि मद्दत गर्छ ।
६. हृदय रोगको जोखिम कम गर्छ
खराब कोलेस्ट्रोलको उच्च स्तर र अनियन्त्रित रक्तचाप हृदय रोगको लागि प्रमुख जोखिम कारकहरू मध्ये एक हुन् । दूधमा भिजाएर चना खाँदा हृदयाघात, स्ट्रोकजस्ता रोगको जोखिम कम हुन्छ ।
७. तौल बढाउन र घटाउन मद्दत गर्छ
दूधमा भिजाएको चना खाँदा तौल नियन्त्रणमा मद्दत पुग्छ । यो तौल बढाउन मात्रै फाइदाजनक छैन, यसलाई घटाउन पनि उपयोगी छ । यसले तपाईंलाई लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र जंक फूडको क्रेभिङ पनि नियन्त्रण गर्छ ।
८. अनुहार उज्यालो बनाउँछ, कपाल बलियो बनाउँछ
यो मिश्रणले रक्तअल्पत्ता हटाउन र रगत शुद्ध गर्न मद्दत गर्दछ । यसका साथै यसमा प्रोटिन र आइरन पनि प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा छाला र कपाललाई स्वस्थ राख्न सहयोगी हुन्छ ।
यसका लागि चनालाई दूधमा राखेर रातभरी छोड्नुहोस्, त्यसपछि बिहान दूध छानेर पिउनुहोस् र त्यससँगै चना खानुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अब तिम्रो पालो मेस्सी’
-
नारायण गोपालको गीत गाउँदै आर्मोन नेक्स्ट राउन्डमा
-
रवि लामिछानेदेखि मन्त्री र सांसदको गाडीमा कालो सिसा (तस्बिरहरू)
-
झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण गरेनन्
-
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
-
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५ औँ वर्षगाँठ: नयाँ युगका चुनौती सामना गर्न सीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण