बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

एक्सन मार्फत दर्शक रिझाउन सक्लिन् त परिणीतिले ?

बुधबार, २६ असोज २०७९, १२ : २१
बुधबार, २६ असोज २०७९

बलिउड अभिनेत्री परिणीति चोपडा एक्सन अवतारमा देखिने भएकी छन् । उनी फिल्म ‘कोड नेम तिरंगा’ मा एक्सन अवतारमा देखिन लागेकी हुन् । फिल्म शुक्रबारबाट रिलिज हुँदैन ।
फिल्ममा उनीसँगै पञ्जाबी गायक हार्डी सन्धु पनि मुख्य भूमिकामा देखिँदैछन् । फिल्मको ट्रेलर केही अगाडि रिलिज भएको थियो । ट्रेलर दर्शकले निकै मन पराएका छन् । फिल्ममा परिणीति चोपडा आफ्नो क्युक्ट अवतारका साथ एक्सन अवतारमा समेत देखिनेछिन् । उनको दुबै अवतारले दर्शकलाई हलसम्म तान्ने अपेक्षा निर्माण युनिटको छ ।

ट्रेलरमा परिणीति दुर्गा नामक ‘र’ एजेन्टको भूमिकामा छिन् र उनी आफ्नो देशका लागि जे पनि गर्न तयार रहेको देखाइएको छ । परिणीतिलाई उनको प्रतिभाको आधारमा निकै महत्वपूर्ण मिसन समेत दिइन्छ ।
फिल्ममा परिणीति र हार्डीका अलावा शरद केल्कर, दिव्येन्दु भट्टाचार्य, रजित कपूर, शिशिर शर्मा, सब्यसाची चक्रवर्ती र दिशा मारिवाला जस्ता कलाकारको पनि महत्वपूर्ण भूमिका छ ।

‘कोड नेम तिरंगा’को अलवा परिणीति चाँडै सूरज बडजात्याको आगामी पारिवारिक फिल्म ‘उचाई’मा देखिनेछिन्, जसमा उनको अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी जस्ता वरिष्ठ कलाकारसँग सहकार्य रहेको छ ।
अमर उज्याला 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप