सुर्खेतमा समाजवादीले लिएन उम्मेदवारी फिर्ता, गठबन्धनलाई धोका
सुर्खेतमा नेकपा (एकीकृत समाजवादी केन्द्र) ले गठबन्धनको निर्णय विपरित दिएको उम्मेदवारी फिर्ता लिएको छैन । समाजवादीले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) मा उम्मेदवारी दिएको थियो । यद्यपि गठबन्धनको निर्णय अनुसार भने (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन् ।
समाजवादीले सुर्खेतमा कुनै पनि क्षेत्र आफ्नो भागमा नपरेपछि (क) र (ख) मा उम्मेदवारी दर्ता गराएको थियो । जस अनुसार (क) समाजवादीका जिल्ला इञ्चार्ज शिव उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवालले उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुबै जनाको उम्मेदवारी कायम रहेको छ । समाजवादीका जिल्ला अध्यक्ष बडुवालले पार्टीको केन्द्रीय निर्णय अनुसार नै दुबै जनाको उम्मेदवारी कायम रहेको रातोपाटीलाई जानकारी दिए । समाजवादीले २ (ख) पाउनुपर्ने बताउँदै आएको थियो । यद्यपि गठबन्धनको केन्द्रीय संयन्त्रले कुनैपनि क्षेत्र नदिँदा उम्मेदवारी दर्ता गराएको थियो । अब २ (क) र (ख) मा त्रिपक्षीय भिडन्त हुने भएको छ । त्यसको भएको खण्डमा गठबन्धनका उम्मेदवारहरूलाई घाटा लाग्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली स्वीकृत
-
बजेट विवाद समाधान गर्ने विषयमा सुदूरका मुख्यमन्त्री र महामन्त्रीबिच भेटवार्ता
-
विश्वकपको उत्सवबिच अर्जेन्टिनी फुटबल संघमाथि एफबीआईको अनुसन्धान
-
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
-
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
-
शान्ति सम्झौता ‘सकियो’ : फेरि किन आमनेसामने भए अमेरिका र इरान ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण