नाइजेरियामा बाढी, कम्तीमा ५०० जनाको मृत्यु
बिहीबार, २७ असोज २०७९, ०९ : १७
नाइजेरियामा एक दशकमा आएको सबैभन्दा खराब बाढीमा परेर करिब ५०० जनाको मृत्यु भएको छ । वर्षा मौसममा आएको बाढीपहिरोमा अन्य १४ लाख मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।
प्रचुर वर्षा र कमजोर पूर्वाधारको कारणले गर्दा आएको बाढीले अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको देश स्पार्किनको ठूलो भागलाई असर गरेको छ । जारी संकटले खाद्य असुरक्षा र मुद्रास्फीतिलाई अझ खराब बनाउने अनुमान गरिएको छ ।
नाइजेरियाको मानवीय मामिला मन्त्रालयले भनेको छ, ‘वर्षापछिको बाढीपहिरोको कारण १४ लाख मानिस विस्थापित भएका छन भने करिब ५०० व्यक्तिको मृत्यु भएको रिपोर्ट गरिएको छ । बाढी पहिरोमा । र १,५४६ व्यक्ति घाइते भएका छन ।’
राष्ट्रिय आपत्कालीन व्यवस्थापन निकायका प्रवक्ता मान्जो इजेकिएलको भनाइ उदृत गर्दै एएफपीले उक्त जानकारी दिएको हो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
-
इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति
-
भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण