गुनासो बढेपछि विभागले थाल्यो अभिमूखिकरण तालिम दिने संस्थाको अनुगमन
वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम दिने संस्थाहरूको अनुगमन थालेको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई अभिमुखीकरण तालिम दिने संस्थाहरूमा अनुगमन थालेको हो । अभिमुखीकरण तालिम दिने संस्थाहरूको बारेमा विभिन्न किसिमका गुनासाहरू आउने गरेको भन्दै विभागले अनुगमन कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाएको जनाएको छ ।
विभागको टोलीले आज काठमाडौंका विभिन्न स्थानमा रहेका ६ वटा अभिमुखीकरण तालिम दिने संस्थाहरूको अनुगमन गरेको थियो । यसलाई भोलिका दिनहरूमा अझ कडाईका साथ अनुगमन गरिने विभागका निर्देशक कुष्णप्रसाद भुसालले जानकारी दिए ।
अनुगमन कार्यलाई काठमाडौं उपत्यका बाहिरका संस्थाहरूमा पनि निरन्तरता दिइने विभागले जनाएको छ । वैदेशिक रोजगार नियमावली २०६४ ले वैदेशिक रोजगारीमा जाने कामदारहरूले अनिवार्य रूपमा अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरेको छ । सोही आधारमा तालिम प्रदायक संस्थाहरू दर्ता भई कार्य सञ्चालन गर्दै आएका छन् । तर, कतिपय संस्थाले तालीमै नदिने गरेको गुनासो आउन थालेपछि विभागले यसअघि सचेत गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण