फेन्सिङको तेस्रो दिनमा आर्मी र सशस्त्रलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको तेस्रो दिन ११ वटा स्वर्णपदकको टुंगो लागेको छ । बिहीवार महिला फोयल इभेण्ट टिमको प्रतिष्पर्धामा वागमती प्रदेशलाई पराजित गर्दै सशस्त्र प्रहरी बलले स्वर्ण पदक जितेको हो ।
नेपाली सेनाको त्रिभूवन आर्मीलाई (४५–४१ स्कोरमा) पराजित गर्दै फाइनल प्रवेश गरेको बागमती शसस्त्रसँग पराजित हुँदै रजतमा चित्त बुझायो । सशस्त्र प्रहरीले गण्डकी प्रदेशलाई (४५–१५ स्कोर) मा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । गण्डकी र त्रिभूवन आर्मीले भने कास्य पदकमा चित्त बुझाएका छन् ।
पुरुष टिम सेबरतर्फको स्वर्ण पदक प्रतिष्पर्धाको त्रिभूवन आर्मीले जितेको छ । आर्मीले वागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । बागमती रजत पदकमा चित्त बुझायो । गण्डकी बागमती प्रदेशसँग ४५–४१ स्कोरमा पराजित हुँदै फाइनल पुग्नबाट चुक्यो । सेमिफाइनलमा पराजित गण्डकीले कास्य पदकमा चित्त बुझाएको छ ।
विभागीय डर्बीको प्रतिष्पर्धामा आर्मीले सशस्त्र प्रहरीलाई ४५–४३ स्कोरमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । अब फेन्सिङको अन्तिम स्वर्णको फाइनल शुक्रवार हुनेछ । पुरुषतर्फको ईपी टिम इभेण्टमा स्वर्ण पदकको लागि सशस्त्र प्रहरी र त्रिभूवन आर्मीबीच प्रतिष्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण