युगान्डामा फेरि इबोलाको प्रकोप : दुई जिल्लामा लकडाउन
इबोलाको प्रकोपपछि युगान्डाका दुई जिल्लामा तीन हप्ता लामो लकडाउन लागू गरिएको छ । मुबेन्डे र छिमेकी कासान्डामा बार, नाइटक्लब, प्रार्थना स्थल र मनोरञ्जनका स्थलहरु बन्द गरिनेछन् भने कर्फ्यू समेत लागू गरिने बताइएको छ ।
युगान्डाका राष्ट्रपति युवेरी मुसेभेनीले यसअघि लकडाउन लागू नगरिने बताउँदै आए पनि आफ्नो निर्णयबाट पछि हटेका छन् । पछिल्लो प्रकोपमा ५८ जना सङ्क्रमित हुनुका साथै १९ जनाको मृत्यु भइसकेको छ । यो सङ्ख्या अझै धेरै हुनसक्ने बताइएको छ । पछिल्लो पटकको प्रकोप सबैभन्दा पहिले राजधानी काम्पालाबाट ८० किलोमिटर टाढा रहेको मुबेन्डेमा देखिएको थियो । त्यही क्षेत्र यतिबेला प्रकोपको केन्द्रबिन्दु बनेको छ ।
यसअघि मुसेभेनीले इबेला कोभिड–१९ जस्तै हावाबाट नसर्ने बताउँदै यसका लागि लकडाउन आवश्यक नरहेको बताए पनि उनले दुई जिल्लामा २१ दिनका लागि लकडाउन घोषणा गरेका छन् । ‘यो संक्रमणलाई रोक्न अल्पकालीन व्यवस्था हो,’ टेलिभिजनमा गरिएको सम्बोधनमा उनले भने ।
उनले यसको नियन्त्रणका लागि सबैलाई सहयोग गर्न अपिल गरेका छन् । भाइरसको सङ्क्रमणको आशङ्का भएर पनि आइसोलेसनमा नबस्नेहरूलाई पक्राउ गर्न प्रहरीले निर्देशन दिइएको छ ।-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण