सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

रिक्सा चलाएर भोट माग्न जनताको घरदैलोमा रेखा

आइतबार, ३० असोज २०७९, २० : ४३
आइतबार, ३० असोज २०७९

मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाको सदस्य तर्फकी राप्रपा उम्मेदवार रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छन् । थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमिकहरूसँग मत माग्दै सम्पन्न गरेकी छन्  ।

बेलबारी नगरपालिकाको वडा नम्बर ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी छन् । दैनिक गुजार चलाउने ईरिक्सा चालक श्रमिकहरूसँग आत्मीयता कायम गर्न उनले रिक्सा चलाउँदै मतदातासँग मत माग्न पुगेकी हुन् । 

त्यस्तै रेखाले बेलबारी वडा नम्बर ११ मा क्याराम बोर्ड खेल्दै गरेका युवाहरूसँग समेत क्याराम बोर्ड खेल्दै मत मागेकी छन् । घरदैलोका क्रममा रेखाका विभिन्न गतिविधिले मतदाता झनै आकर्षित भएको देखिन्छ । उनको चन्चले स्वभावका कारण घरदैलोका क्रममा यस्तो दृश्यहरु देखिने गर्छ । 

घरदैलोमा थापाले विभिन्न स्थानमा पुगेर आफ्नो कुरा मतदातालाई सुनाएर हिँड्ने पुरानो प्रवृत्तिलाई तोड्दै मतदातासँग दोहोरो संवाद गर्ने गरेको देखिन्छन् । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप