जजिरा एयरवेजद्वारा आधा उडान कटौती
सोमबार, ३१ असोज २०७९, ०६ : २१
भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो ।
तर कुवेतबाट आउने यात्रु पर्याप्त भए पनि भैरहवाबाट त्यसतर्फ जाने यात्रुहरु अपेक्षाअनुसार नभएपछि २७ असोजदेखि दैनिक उडान कटौती गरी साताको तीनमा सीमित गरेको छ। जजिरा एयरवेजका नेपाल म्यानेजर अमित नागरथले यात्रु अभाव भएपछि उडान कटौती गरी साताको तीन वटामात्रै उडान भएको जानकारी दिए। यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण