मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कामदारको आक्रमणबाट घाइते ठेकेदारको मृत्यु: यसरी भयो घटना

आइतबार, ०९ पुस २०७४, १० : ०२
आइतबार, ०९ पुस २०७४

तनहुँ - तनहुँको बन्दीपुर गाउँपालिका र गोरखाको पालुङटार नगरपालिका जोड्ने बिमलनगर च्याङ्ली पुल निर्माणमा खटिएका कामदारको आक्रमणबाट घाइते ठेकेदारको शनिबार मृत्यु भएको छ । 

पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा झापा जिल्ला कन्काई नगरपालिका स्थायी घर भएका ३४ वर्षीय राज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यसरी भयो घटना
-पुल निर्माणमा खट्दै आएका मजदुरहरु काम सकेर शुक्रबार साँझ भेला भए ।
-उनीहरुले मादकपदार्थ सेवन गरे ।
-मादकपदार्थ सेवन गरेपछि त्यहाँ झडप शुरु भयो ।
-उक्त झडपलाई रोक्न खोज्दा फलामको रड लागेर श्रेष्ठ घाइते भए ।

झडपको क्रममा पुलको काम गर्दै आएका मजदुरहरु रबि याङरान र दीपु मड्डी पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुबैको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप