बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

बंगलादेशमा नोरा फतेहीको नाचमाथि प्रतिबन्ध, कार्यक्रम रद्द

मङ्गलबार, ०१ कात्तिक २०७९, ११ : ३४
मङ्गलबार, ०१ कात्तिक २०७९

बंगलादेश सरकारले राजधानी ढाकामा हुने बलिउड अभिनेत्री नोरा फतेहीको डान्स शो रद्द गरेको छ । बंगलादेश सरकारले डलर बचाउन यो निर्णय गरेको बताएको छ ।

बंगलादेशको सांस्कृतिक मामिला मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । यस सूचनाका अनुसार नोरा फतेहीलाई ‘विश्वव्यापी अवस्थालाई ध्यानमा राख्दै र विदेशी मुद्रा सञ्चिति कायम गर्ने उद्देश्यले’ अनुमति दिइएन ।

नोरा फतेही ढाकामा भएको महिला नेतृत्व सहयोग कार्यक्रममा नाच्ने भएकी थिइन् । बंगलादेशको केन्द्रीय बैंकले डलर भुक्तानीमा कडा निर्देशन दिएको भन्दै विदेशी मुद्रा सञ्चिति कायम राख्ने उद्देश्यले यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।

विश्वका धेरै देशहरू जस्तै बंगलादेशको अर्थतन्त्र पनि मन्दीबाट गुज्रिरहेको छ र विदेशी विनिमय सञ्चिति गत वर्षसम्म ४६ अर्ब १३ करोड डलरको तुलनामा ३६ अर्ब ३३ करोड डलरमा झरेको छ । ​विज्ञहरूका अनुसार यो रकम बंगलादेशको चार महिनाको आयात बिलका लागि पर्याप्त छ । नोरा फतेही बलिउडकी चर्चित डान्सर तथा चर्चित अभिनेत्री हुन् । उनी केही टिभी रियालिटी शोमा पनि जज गर्छिन् । यसैबीच उनको नाम ठग सुकेश चन्द्रशेखरसँग पनि जोडिएको थियो । प्रवर्तन निर्देशनालय अर्थात ईडीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप