शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

मङ्गलबार, ०१ कात्तिक २०७९, ११ : ५१
मङ्गलबार, ०१ कात्तिक २०७९

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै हिजो सोमबारको तुलनामा सामान्य वृद्धि भएको जनाएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य ९३ हजार ३०० र तेजाबी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार यसको मूल्य तोलामा ११ सय २० रुपैयाँ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप