एमाले बागमतीका चुनावी कमाण्डर अधिकारी र पोखरेल

नेकपा एमाले बागमती प्रदेश कमिटीले प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्रको चुनावी परिचालन व्यवस्थित र प्रभावकारी बनाउन दुई बेग्लाबेग्लै निर्वाचन परिचालन कमिटीहरु गठन गरेको छ ।
सो पार्टीको बागमती प्रदेश निर्वाचन समन्वय समितिको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई विजयी गराउने गरी चुनावी परिचालन प्रभावकारी बनाउन बेग्लाबेग्लै दुई कमान्डर गठन गरेको एमाले नेता तथा बागमती प्रदेश सहइन्चार्ज आनन्द पोखरेलले जानकारी दिए ।
उनका अनुसार ती कमिटीले निर्वाचन परिचालनको व्यवस्थापनका साथै अनुगमन समेत गर्नेछ । त्यसैगरी बैठकले प्रदेशको निर्वाचन परिचालन अनुगमन गर्न स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज काशीनाथ अधिकारीको संयोजकत्वमा चार सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ । अनुगमन समितिमा डा. महेन्द्रबहादुर पाण्डे, पुष्प कँडेल र डोरमणि पौडेल सदस्य छन् ।
त्यस्तै एमाले पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज पोखरेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन प्रदेश समन्वय समिति गठन गरेको छ । समितिमा नेताहरू धर्मदत्त देवकोटा, रामहरि सुवेदी, विनोद पाण्डे, विजय सुवेदी, अप्सरा चापागाईं र ओम थपलिया सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पक्राउ पुर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्नु सुशासनको कुन नमुना हो ?’
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
सगरमाथा संवादमा को-को आउँदैछन् विदेशी प्रतिनिधि ? (नामावलीसहित)
-
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
-
चिर्पट प्रहार गरी श्रीमानको हत्या
-
आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियन टोलीको घोषणा