एमाले बागमतीका चुनावी कमाण्डर अधिकारी र पोखरेल
नेकपा एमाले बागमती प्रदेश कमिटीले प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्रको चुनावी परिचालन व्यवस्थित र प्रभावकारी बनाउन दुई बेग्लाबेग्लै निर्वाचन परिचालन कमिटीहरु गठन गरेको छ ।
सो पार्टीको बागमती प्रदेश निर्वाचन समन्वय समितिको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई विजयी गराउने गरी चुनावी परिचालन प्रभावकारी बनाउन बेग्लाबेग्लै दुई कमान्डर गठन गरेको एमाले नेता तथा बागमती प्रदेश सहइन्चार्ज आनन्द पोखरेलले जानकारी दिए ।
उनका अनुसार ती कमिटीले निर्वाचन परिचालनको व्यवस्थापनका साथै अनुगमन समेत गर्नेछ । त्यसैगरी बैठकले प्रदेशको निर्वाचन परिचालन अनुगमन गर्न स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज काशीनाथ अधिकारीको संयोजकत्वमा चार सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ । अनुगमन समितिमा डा. महेन्द्रबहादुर पाण्डे, पुष्प कँडेल र डोरमणि पौडेल सदस्य छन् ।
त्यस्तै एमाले पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज पोखरेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन प्रदेश समन्वय समिति गठन गरेको छ । समितिमा नेताहरू धर्मदत्त देवकोटा, रामहरि सुवेदी, विनोद पाण्डे, विजय सुवेदी, अप्सरा चापागाईं र ओम थपलिया सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण