माओवादी दोलखा जिल्ला इन्चार्ज देवी खड्काले दिइन् राजीनामा
नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य देवी खड्काले दोलखा जिल्ला इन्चार्जबाट राजीनामा दिएकी छिन् । पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर केही दिनअघि जिल्ला इन्चार्जबाट राजीनामा दिएकी हुन । उनले पार्टीको पोलिटब्यूरो सदस्यबाट भने राजीनामा दिएकी छैनन् ।
‘मैले अरु कारण भएर जिल्ला इन्चार्जबाट राजीनामा दिएकी होइन । मेरो स्वास्थ्य ठिक नभएको पार्टी नेता कार्यकर्ता सबैलाई थाहा छ । चुनावको बेलामा सकिँदैन भनेर इन्चार्जबाट राजीनामा दिए’ खड्काले भनिन् । खड्काले अरु राजनीतिक कारण इन्चार्ज पदबाट राजीनामा नदिएको जिकिर गरिन । तर, खड्काले पार्टीबाट टिकट नपाएकै कारण राजीनामा दिएको हुनसक्ने आकलन गरिएको छ । दोलखामा गठबन्धनबाट माओवादी नेता गंगा कार्कीले टिकट पाएकाले असन्तुष्ट भएको हुनसक्ने बताएको छ । खड्का र कार्की नातामा साली भेना पर्छन् ।
उनले समेत उम्मेदवारको आकांक्षा राखेकी थिइन् । उनले प्रदेश वा प्रतिनिधिसभा सदस्य कतै टिकट नपाएपछि असन्तुष्ट भई राजीनामा दिएको हुनसक्ने बताइएको छ । खड्का पहिलो संविधानसभा चुनाव २०६४ सालमा दोलखाबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । त्यसपछि राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिन् । २०७० सालयता प्रत्यक्ष वा समानुपातिक सांसदमा कतै नसमेटिएपछि उनी असन्तुष्ट भएको हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण