शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्चाङ्ग निर्णायक समितिद्वारा तिहारसँग सम्बन्धित शुभसाइत सार्वजनिक

बुधबार, ०२ कात्तिक २०७९, १५ : ००
बुधबार, ०२ कात्तिक २०७९

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तिहार पर्वसँग सम्बन्धित शुभसाइतहरु सार्वजनिक गरेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्साद ढुंगेलले बुधबार जारी गरेको सूचनामा कात्तिक ५ गते शनिबार यमदीपदान, धनत्रयोदशी परेको छ ।
 
यस्तै कात्तिक ६ गते आइतबार काकबली (कागतिहार), ७ गते सोमबार कुकुर तिहार, ८ गते मंगलबार गाइपुजा परेको छ । यस्तै कात्तिक ९ गते बुधबार गोवर्द्धनपुजा, बलिपुजा, हलितिहार, म्हपूजा, गोरुपूजा र नेपाल सम्बत ११४३ परेको छ भने १० गते बिहीबार भाइटीका परेको छ । भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप