बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धार्मिक महोत्सवमा श्रेष्ठले दिए गणेशको मूर्ति र २५ हजार रुपैयाँ

बिहीबार, ०३ कात्तिक २०७९, १३ : ३१
बिहीबार, ०३ कात्तिक २०७९

सत्ता गठबन्धनको तर्फबाट चितवन २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले बिहीबार कालिका नगरपालिकामा भइरहेको धार्मिक महोत्सवमा सहभागी भई आर्थिक सहयोग गरेका छन् । राज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले महोत्सवमा गणेशको मूर्ति र २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

आर्थिक तथा भौतिक सहयोगको घोषणा गर्दै राज्यमन्त्री श्रेष्ठले कालिकालाई पर्यटकीय क्षेत्र बनाएर यसको विकास गर्नुपर्ने बताए । उनले यस नगरभित्र हरित औद्योगिक क्षेत्र निर्माण गरी रोजगारीका अवसर सिर्जना गरिने पनि बताए । उनले सबै धर्मप्रति आफ्नो समभाव रहेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप