७० लाख भेनेजुएली नागरिकले देश छाडे
आर्थिक र राजनीतिक संकटबीच बीच सन् २०१५ देखि ७० लाखभन्दा बढी भेनेजुएली नागरिकहरूले आफ्नो मातृभूमि छोडेका छन् । संयुक्त राष्ट्रसंघको एक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । विस्थापितमध्ये आधाभन्दा बढीले खाद्यान्न, आवास र स्थिर रोजगारीमा पहुँच गर्न चुनौतीहरू सामना गर्छन्, संयुक्त राष्ट्रले जनाएको छ ।
अन्य संकटबीच यी आप्रवासीहरूलाई बिर्सिने खतरा रहेको सहायता एजेन्सीहरूले चेतावनी दिएका छन् अन्तर्राष्ट्रिय उद्धार समितिका अध्यक्ष डेभिड मिलिब्यान्डले बीबीसीलाई भने, “यो एउटा ठूलो लामो संकट हो जसले ल्याटिन अमेरिकाकोे क्षेत्रलाई कम्पन गरिरहेको छ भन्ने कुरामा कुनै शंका छैन ।
भेनेजुएला छोडेका ८० प्रतिशतभन्दा बढी ल्याटिन अमेरिका र क्यारिबियनमा बसोबास गरिरहेका छन्, जुन देश प्रायः आफ्नै नागरिकहरूलाई स्वास्थ्य र शिक्षा प्रदान गर्न संघर्ष गरिरहेका छन् ।
संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकमा भेनेजुएलाको जनसंख्या सन् २०१५ मा ३०.०८ मिलियनबाट घटेर अहिले आधारित अनुमानित २८.२५ मिलियनमा पुगेको छ । कोलम्बियाका अधिकारीहरूले दिएको तथ्यांकअनुसार हरेक दिन ३,००० भन्दा बढी आप्रवासीहरू त्यहाँ पुग्ने गरेका छन् । तीमध्ये अधिकांश भेनेजुएली छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण