उम्मेदवारलाई जिताउन कर्णालीमा कांग्रेसले पदाधिकारीलाई निर्वाचन क्षेत्रमा खटाउने
नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले आगामी मंसिर ४ गने हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन परिचालन कमिटीदेखि प्रचारप्रसार समिति गठन गरेको छ ।
उम्मेदवारलाई जिताउनका लागि प्रदेश सभापति ललितजङ्ग शाहीको संयोजकत्वमा प्रदेश स्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको छ भने गोबिन्द कोइरालाको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार प्रदेश स्तरिय परिचालन समिती गठन गरिएको हो । कोइराला प्रदेश सूचना, संचार तथा प्रचारप्रसार बिभाग प्रमुख समेत हुन् ।
कांग्रेस कर्णाली प्रदेश कमिटीका प्रवक्ता दमन शाहीका अनुसार पदाधिकारीहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा खटाउने भएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका लागि गठबन्धनका साझा उम्मेदवार लाई विजयी गराउन कांग्रेस कर्णाली प्रदेशका पदाधिकारी, सदस्यहरु आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा खटाइने निर्णय समेत गरिएको उनले बताए । त्यहाँ उनीहरुले उम्मेदवारको पक्षमा जनमत पार्नका लागि रणनीतिक योजना बनाउनेदेखि चुनावी कार्यक्रमहरु गर्न सहयोग गर्ने छन् ।
साथै प्रदेश कमिटीले सङ्कल्प पत्र पारित गर्ने भएको छ । ‘ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि हाम्रो प्रदेश कमिटीका तर्फबाट सूचना, सञ्चार तथा प्रचार प्रसार विभागको नेतृत्व र सहप्राध्यापक पीताम्बर ढकालको संयोजकत्वमा मस्यौदा समितिले उक्त सङ्कल्प पत्र तयार गरेको छ,’प्रवक्ता शाहीले भने,‘ तयार पारेको सङ्कल्प पत्र पारित गर्ने र आम नागरिकका लागि जारी गरिने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण