शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एमालेको घोषणापत्र कात्तिक १५ गते आउने

आइतबार, ०६ कात्तिक २०७९, १७ : ३३
आइतबार, ०६ कात्तिक २०७९

नेकपा एमालेले मंसिरमा हुने निर्वाचनको घोषणापत्र तिहार र लगत्तै परेको छट पर्वपछि मात्रै सार्वजनिक गर्ने भएको छ । एमालेको घोषणापत्रको मस्यौदा तयार भएपनि त्यसलाई अन्तिम रुप दिन समय लाग्ने भएकाले एमालेले तिहार र छठ पर्वपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो । 

‘घोषणापत्र निर्माण समितिका संयोजक समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले मस्यौदा अध्ययन गरिरहनुभएको छ । अध्ययन गरेर थपघट गर्न पनि केही समय लाग्ने र तिहार पर्व लागिसकेको र लगत्तै छठ पर्व पनि भएकाले छठ पर्वपछि कात्तिक १५ गते सार्वजनिक गर्दा राम्रो हुन्छ भन्ने अध्यक्षको भनाइ र तयारी समेत त्यही भइरहेको छ’, अध्यक्ष ओली निकट एक नेताले भने, ‘यो तयारी तलमाथि नभए १५ गते घोषणापत्र सार्वजनिक गरेपछि नेता कार्यकर्ता एकैचोटी निर्वाचन सकेर फर्कन पनि सहज हुन्छ भन्ने छ ।’ 

एमालेले विकास र समृद्धिका साथै तीनै तहका सरकारबीचको समन्वयलाई आधार बनाएर चुनावी घोषणापत्रको मस्यौदा तयार गरेको एमाले नेताहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप