नेकपा एमालेको घोषणापत्र कात्तिक १५ गते आउने
नेकपा एमालेले मंसिरमा हुने निर्वाचनको घोषणापत्र तिहार र लगत्तै परेको छट पर्वपछि मात्रै सार्वजनिक गर्ने भएको छ । एमालेको घोषणापत्रको मस्यौदा तयार भएपनि त्यसलाई अन्तिम रुप दिन समय लाग्ने भएकाले एमालेले तिहार र छठ पर्वपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो ।
‘घोषणापत्र निर्माण समितिका संयोजक समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले मस्यौदा अध्ययन गरिरहनुभएको छ । अध्ययन गरेर थपघट गर्न पनि केही समय लाग्ने र तिहार पर्व लागिसकेको र लगत्तै छठ पर्व पनि भएकाले छठ पर्वपछि कात्तिक १५ गते सार्वजनिक गर्दा राम्रो हुन्छ भन्ने अध्यक्षको भनाइ र तयारी समेत त्यही भइरहेको छ’, अध्यक्ष ओली निकट एक नेताले भने, ‘यो तयारी तलमाथि नभए १५ गते घोषणापत्र सार्वजनिक गरेपछि नेता कार्यकर्ता एकैचोटी निर्वाचन सकेर फर्कन पनि सहज हुन्छ भन्ने छ ।’
एमालेले विकास र समृद्धिका साथै तीनै तहका सरकारबीचको समन्वयलाई आधार बनाएर चुनावी घोषणापत्रको मस्यौदा तयार गरेको एमाले नेताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण