पुटिनद्वारा परमाणु सैन्य अभ्यासको निरीक्षण
युक्रेनमा भएको आक्रमणपछि पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी रणनीतिक आणविक बलको वार्षिक अभ्यासको निरीक्षण गरेका छन् । क्रेमलिनले ब्यालिस्टिक र क्रूज मिसाइलहरू सुदूर पूर्व र आर्कटिकमा प्रक्षेपण गरिएको बताएको छ।
न्यू स्टार्ट आर्म ट्रीटी अन्तर्गत अमेरिकालाई यो अभ्यासबारे जानकारी दिइएको थियो। यी प्रक्षेपणहरू यस्तो समयमा गरिएका छन् जब रुसले युक्रेनमाथि ‘डर्टी बम’ प्रयोग गरेको आरोप लगाएको छ।
डर्टी बम यस्तो हतियार हो जसमा परम्परागत विस्फोटकहरू बाहेक रेडियोधर्मी पदार्थहरू समावेश हुन्छन्। युक्रेन सरकारले यी आरोपहरूलाई अस्वीकार गरेको छ। फ्रान्स, बेलायत र अमेरिकाले पनि रुसको दाबीलाई अस्वीकार गरेका छन् ।
युक्रेनले भने रुसको दाबीले उसले यस्तो आक्रमणको तयारी गरिरहेको सङ्केत दिएको आरोप लगाएको छ । युक्रेनमा आक्रमण हुनुभन्दा पाँच दिनअघि रुसले पछिल्लो परमाणु अभ्यास गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण