फिलिपिन्स बाढी : ज्यान गुमाउनेको संख्या ४२ पुग्यो
शनिबार, १२ कात्तिक २०७९, ०६ : ५४
फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ। भीषण वर्षासँगै आएको बाढी र पहिरोमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै शहर भीषण वर्षाका कारण प्रभावित भएका छन्। खराब मौसमका कारण शुक्रबार उद्धार एवं खोजी कार्य स्थगित गरिएको थियो।
बाढीका कारण त्यहाँका विद्ययालयहरु पनि बन्द गरिएका छन् । नाल्गे नामक आँधीले यो क्षेत्रमा भीषण वर्षा गराएको अधिकारीहरुले बताएका छन्। यो आँधी फिलिपिन्स सागरमा सर्ने क्रममा अझै तीव्र हुन सक्ने मौसम विभागले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
-
इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति
-
भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण