प्रिमियर लिगमा आज आठ खेल हुँदै
प्रिमियर लिग फुटबल अन्तर्गत आज बिभिन्न आठ खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा साविकको विजेता टोली लेस्टर सिटीले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समय अनुसार साँझ ४:१५ मा सुरु हुनेछ । लेस्टरको घरेलु मैदानमा हुने खेलमा सिटी जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा छ ।
दोस्रो स्थानको सिटी ११ खेलबाट २६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको आर्सनलको २८ अंक छ ।
आज नै हुने अर्काे खेलमा टोटेनहमले बर्नमाउथसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुनेछ । यसै समयमा अन्य चार खेलहरु हुनेछ । जसमा चेल्सीले बर्नमाउथको समाना गर्दा न्युक्यासले एस्टन भिल्लालाई आतिथ्यता प्रदान गर्नेछ ।
त्यस्तै क्रिस्टल प्यालेस र साउथह्यम्टन प्रतिस्पर्धा गर्दा बर्नफोर्ड र उल्भ्स खेल्दैछन् । आज हुने अर्काे खेलमा फुलहम र एभर्टन राति १०:४५ मा खेल्नेछन् । राति १२:३० मा हुने खेलमा लिभरपुल र लिड्स युनाइटेड भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण