शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको विकासको चाहना पूरा गर्न लागिपर्छु : मन्त्री चौधरी

शनिबार, १२ कात्तिक २०७९, १२ : ३३
शनिबार, १२ कात्तिक २०७९

सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफ"लाई निर्धक्क भोट हाल्न अनुरोध गरेका छन् । 

स्थानीय बुद्दीजिविहरुसँग कुरा गर्दै शुक्रबार मन्त्री चौधरीले भने, ‘म सधैँ सांसद  नहाेउला, म फेरि मन्त्री बनौला  या  नबनाैला तर यदी तपाईंहरु यस क्षेत्रको विकास चाहनुहुन्छ भने मलाई निर्धक्क भोट हाल्नुहोस् । जनताको काममा, जनताको विकासको चाहना पूरा गर्न जहिल्यै लागिपरेको छु । म सांसद हुँदा मैले सुरु गरेका विकासका योजनाहरु, मेरो काम गर्ने शैली, मेरो बानी व्यहोरा सबै तपाईंहरुलाई थाहै छ । मैले विकासका काममा कहिल्यै पक्षपात गरिनँ । र अब पनि गर्ने छैन ।’

राजनीति गर्ने मान्छे सरल, सहज र इमानदार हुनुपर्ने बताउँदै मन्त्री चौधरीले आफुले सधैँ त्यसतर्फ ध्यान दिएको बताए । जनतासँग ठुला कुरा गर्ने, जनतालाई होच्याउने मान्छे नेता पनि हुन नसक्ने भन्दै उनले सबैलाई समेटेर अगाडि बढ्ने आफ्नो बानी रहेकाले पनि सबैको साझा उम्मेदवार बनेर चुनावी मैदानमा उभिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप