शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क्याफिनले तपाईंको छालालाई कसरी प्रभावित पार्छ ? चिया र कफीको प्रभाव अनुहारमा कस्तो हुन्छ ?

आइतबार, १३ कात्तिक २०७९, १० : ००
आइतबार, १३ कात्तिक २०७९

लाखौं मानिसहरू आफ्नो दिनको सुरुवात कफीबाट गर्छन् । कफी धेरै मानिसहरूको मनपर्ने पेय पदार्थ हो । कतिपय मानिसलाई कफी नपिउँदा अल्छी लाग्छ किनभने तिनीहरूको शरीर यसमा निर्भर भइसकेको हुन्छ । कफीमा क्याफिन पाइन्छ । कसै–कसैलाई चिया मन पर्छ, जसमा कफी जत्तिकै क्याफिन हुन्छ । जब तपाईंको शारीरिक स्वास्थ्य र छालामा कफीको प्रभावहरूको कुरा आउँछ, ध्यान दिनुहोस् कि दुबै पेय पदार्थहरूको आफ्नै फाइदा र हानि हुनसक्छ । अध्ययनले देखाए अनुसार क्याफिनले ऊर्जा बढाउन मद्दत गर्दछ । तर यदि तपाईंले यो धेरै नै खानुभयो भने तपाईंलाई डर लाग्ने, माइग्रेनजस्ता लक्षण देखिन सक्छ । क्याफिनले निद्राको लागि आवश्यक पर्ने रसायनलाई शरीरमा असर गर्नसक्छ ।

क्याफिनले तपाईंको छालालाई कसरी असर गर्छ ?

क्याफिनले हाम्रो शरीरमा अल्कोहल र सोडियम जस्तै डिहाइड्रेटरको रूपमा काम गर्छ । जब हाम्रो शरीरमा हाइड्रेसनको कमी हुन्छ, यो छालामा पनि देखा पर्नसक्छ । डिहाइड्रेसनका कारण छालामा दाग निस्कन थाल्छ ।

एक अनुसन्धानले पत्ता लगाए अनुसार क्याफिनको प्रभावले डण्डिफोर त आउँदैन तर यदि कसैको डण्डिफोर आइरहेको छ भने क्याफिनले यो समस्या बढाउन सक्छ । क्याफिनले तपाईंको शरीरलाई जगाउन मद्दत गर्छ तर यसको कारणले हाम्रो शरीरमा तनाव पनि बढ्छ । क्याफिनले हाम्रो शरीरमा तनाव हर्मोन, कार्टिसोल, फ्याट ग्ल्याण्डको मात्रा बढाउन सक्छ जसको अर्थ यो हो कि ब्रेकआउटका लागि यो धेरै नै जोखिमयुक्त हुनसक्छ ।

क्याफिनबाहेक कफीले छालालाई कसरी प्रभावित पार्न सक्छ ?

– कफीको छालामा प्रभाव पर्नसक्छ । एक कप कफी बनाउनका लागि दुध र चिनी चाहिन्छ ।

– डेरी उत्पादनले पनि छालामाथि प्रभाव पार्न सक्छ । यो मुख र जलाइन क्षेत्र वरिपरि देखिन्छ ।

चिनी र दुध हालेको कफी मिठो त हुन्छ तर यसले तपाईंको छालालाई असर पनि गर्छ । धेरै चिनीले रक्तप्रवाहमा ग्लाइकेसन हुनसक्छ । यो एक प्राकृतिक रासायनिक प्रतिक्रिया हो । यो त्यतिबेला हुन्छ जब रगतमा चिनीको स्तर इन्सुलिनभन्दा बढी हुन्छ । ग्लाइकेशनले हाम्रो छालाको त्यो हिस्सालाई प्रभावित पार्छ जसले हाम्रो छालालई स्वस्थ राख्छ जस्तै कोलेजन र इलास्टिन । जब यी दुई प्रोटिन सुगरको सम्पर्कमा आउँछन् तब कमजोर हुन्छन् । यसले छाला बिगार्ने काम गर्छ । उमेर बढेसँगै यो लक्षण बढी देखिन्छ । यसका साथै छाला कम लचिलो हुन्छ । यसले छाला चाउरी पर्ने, सुख्खा हुनेलगायतका समस्या देखिन्छ ।

छालामा चिया र कफीको फाइदा

तपार्इंको लागि यो जान्न धेरै महत्त्वपूर्ण छ कि क्याफिनको अर्कले छालाको हेरचाहमा पनि मद्दत गर्नसक्छ । ग्रीन टीको अर्कमा पाइने एन्टिअक्सिडेन्टमा एन्टी एजिङ गुण हुन्छ । ब्युटी केयरका उत्पादनमा पनि क्याफिनको प्रयोग गर्ने गरिन्छ ।

निष्कर्ष

कफी र चिया पिउनु हाम्रो स्वास्थ्यको लागि बिल्कुलै नराम्रो होइन तर जे कुरा पनि सन्तुलनमा स्वस्थ हुन्छ । हरेक दिन २–३ कपभन्दा बढी चिया वा कफी पिउनु हुँदैन । शरीरमा पानीको कमी हुन नदिनुहोस् । भित्रबाट हाइड्रेट गर्न पर्याप्त पानी पिउनुहोस् । एन्टी–एजिङ मोइस्चराइजर जस्ता उत्पादनहरूले छालालाई मोइश्चराइज राख्नुहोस् ।

– ओन्ली माई हेल्थ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप