‘उम्मेदवारलाई फसाउने नियतले पनि उजुरीहरू आए’
निर्वाचन आयोगमा केही उजुरीहरू उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरू अरूलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरूसहित आएको बताएका हुन् ।
सोमबार अपराह्न न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले आयोगमा सोसम्बन्धी १५० वटा उजुरी रहेको र करिब ५० वटा उजुरी भने कारबाहीका लागि योग्य रहेको स्पष्ट पारे । निर्वाचन आयुक्त भण्डारीले विगतको निर्वाचनहरूमा भन्दा अहिले हुन गइरहेको निर्वाचनमा आचारसंहिता उलंघनको घटना कम देखिएको समेत बताए ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको उलंघनको घटनाको उजुरीमाथि छानबिन गर्ने क्रम जारी रहेको पनि जनाएको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उलंघन हुन नदिने गरी अनुगमनको आवश्यक व्यवस्था मिलाइएको पटकपटक दोहो¥याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण