भोट हाल्ने कसरी ? अब महिला स्वास्थ्य स्वयंसेविकाले ६ हजार वडामा सिकाउनेछन् तरिका
निर्वाचन आयोगले महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म जिल्ला र वडास्तरमा मतदाता शिक्षाका लागि घरदैलो कार्यक्रम गर्न लागिएको आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए ।
प्रत्येक वडामा एकजना महिला स्वास्थ्य स्वंयसेविकालाई मतदाता शिक्षा दिन परिचालन गर्ने र त्यसका लागि उनीहरूलाई १ दिनको तालिम दिइने आयोगको भनाई छ । देशभर रहेका ६ हजार ४४३ वडामा उनीहरूले भोट हाल्ने तरिका सिकाउनेछन् ।
सबै स्थानीय तहसँग सहकार्य गरेर मतदाता शिक्षा कार्यक्रम गर्ने आयोगले बताएको छ । त्यसका लागि मतदाता शिक्षा सामग्री जिल्ला र वडा कार्यालयमा पठाइएको छ । मतदान गर्न असक्षम व्यक्ति तथा समुदायलाई लक्षित गरी महिला स्वास्थ्य स्वंयसेविका परिचालन गर्ने, त्यसको स्थानीय तहले पनि निगरानी गर्ने आयोगको विश्वास छ ।
आयोगले सामाजिक सञ्जाल, अनलाइन मिडिया, रेडियो, टेलिभिजन र पत्रपत्रिका मार्फत पनि मतदाता शिक्षा कार्यक्रमलाई अघि बढाउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण