आयोगले सोध्यो ७१ जना उम्मेदवारलाई स्पष्टीकरण
बुधबार, १६ कात्तिक २०७९, १४ : ३८
कुनैपनि उम्मेदवारले निर्वाचन क्षेत्रमा सभा सम्मेलन आयोजना गर्न मञ्च बनाउँदा लागेको खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बुधबार आयोगको पत्रकार सम्मेलनमा जुनसुकै उम्मेदवारहरूले चुनावी क्षेत्रमा चुनावी सभा सम्मेलन गर्दा भएको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरूलाई निर्देशन दिएको जानकारी दिए ।
साथै उनले आयोगले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचारप्रसारमा जाँदा अनुमति लिनुपर्ने भन्दै अनुमति लिएर चुनाव प्रचारमा गएकाहरुले सरकारी स्रोत साधन प्रयोग गरेको वा नगरेको निगरानी गर्ने बताए । आयोगले असोज १२ देखि अहिलेसम्म निर्वाचन आचारसंहिता विपरीत गर्ने ७१ जनालाई स्पष्टीकरण सोधिएको पनि बताए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण