लगातार तेस्रो दिन नेप्सेमा वृद्धि
७ अंकले बढेको बजारमा १ अर्ब ४६ करोडको कारोबार
बुधबार, १६ कार्तिक २०७९, १६ : ०५

तिहारपछि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि धनात्मक भएको छ । सोमबार र मंगलबार क्रमशः १६ र ५६ अंकले बढेको नेप्से सूचक तेस्रो दिन बुधबार थप ७ अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ७.३२ अंकले बढ्दै १९३८.३० अंकमा उक्लिएको छ । यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने आज सामान्य (०.७९) अंकले मात्र बढ्दै ३८२.९४ अंकमा उक्लिएको छ ।
आज बैंकिङ, ट्रेडिङ र निर्जीवन बीमा समूहबाहेक अन्य समूहको उपसूचक धनात्मक भएका छन् । समग्रमा ७.३२ अंकले बढेको बजारमा आज १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ५६ अंकले बढेको बजारमा १ अर्ब २९ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो
-
रविलाई हर्कको सुझाव : सरकार छाडेर प्रतिपक्षमा बस्नुस् !
-
सीतापाइला दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो
-
केदारनाथ मन्दिर हिउँले ढाकियो
-
अफगानिस्तानमा कडा जाडाका कारण १६८ जनाको मृत्यु
-
परराष्ट्रमन्त्रीको श्रीलंका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत