चुनावी मैदानमा यामलाल कँडेल : एमालेले हराउने डरले गठबन्धन बनाएर आएका छन्
नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल यतिबेला मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । कँडेल नमुना मतपत्रसहित घर घरमा पुगेर मत माग्न व्यस्त रहेका हुन् भने आफूलाई मत हाल्ने प्रक्रिया समेत सिकाइरहेका हुन्छन् ।
उनले सोमबार, मंगलबार र बुधबार आफ्नो क्षेत्र अन्तर्गत पर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४, ६, १३, १४ लगायतका वडाका बस्ती बस्तीमा घरदैलो अभियान गरेर सकाएका छन् । सुर्खेत क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार कँडेललाई भावी मुख्यमन्त्रीको आकांक्षीको रुपमा समेत हेरिएको छ । यद्यपि, सत्तारुढ गठबन्धन अर्कोतर्फ हुँदा एक्लै चुनावी मैदानमा होमिएका कँडेललाई चुनाव जित्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।
कँडेलको प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसका कालीप्रसाद शाक्य चुनावी मैदानमा छन् । उनलाई माओवादीले साथ दिएको छ भने एकीकृत समाजवादीले शिवप्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ । उपाध्याय कँडेलका पूर्व सहकर्मी मात्रै होइन एमालेभित्र आन्तरिक प्रतिस्पर्धी हुन् । कँडेलले एमालेलाई एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा होमिएर हराउन नसक्ने भएपछि गठबन्धन बनाएर कांग्रेस–माओवादी मैदानमा उत्रिएको आरोप लगाए ।
घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै उनले सिद्धान्त र विचार नमिलेकाहरुले गठबन्धन गरेको भन्दै टिप्पणी गरे । साथै कँडेलले कांग्रेस कुनै जमनाको पुरानो पार्टी भएपनि आज एक्लै चुनावमा भोट माग्न आउने स्थिति नभएको बताए । उनले कुनै समय माओवादी–कांग्रेस एक अर्कालाई सिध्याउने खेलमा लागेको बताए । ‘तर आज कांग्रेसले माओवादीलाई बोकिरहेको, माओवादीले कांग्रेसलाई,’ उनले भने, ‘सुर्खेत र देश बनाउनका लागि होइन एक्लाएक्लै चुनावमा गएको खण्डमा एमालेले हराउने डरले गठबन्धन बनाएर आएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण