वाणिज्य विभागद्वारा एशियन पेन्ट्सको रङ नियन्त्रणमा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा एशियन पेन्ट्स नेपालको गोदामबाट उपयोग मिति सकिएका रङ नियन्त्रणमा लिएको छ । विभागले रङको डिब्बामा सुरुमा रहेको लेबल हटाई नयाँ मिति र मूल्यसहितको स्टिकर टाँसेर रिलेवलिङ् गरी बिक्रीका लागि बजार लैजान तयारी अवस्थामा राखेको करिब ८ हजार थान रङको डिब्बा (टिन) नियन्त्रणमा लिएको हो ।
काठमाण्डौंको सतुङ्गल र ललितपुरको बालकुमारीस्थित गोदाममा राखिएका उल्लिखित रङको बजार मूल्य करिब १ करोड २० लाख रुपैयाँ रहेको छ। उपयोग अवधि गुज्रेका तथा वास्तविक मूल्यलाई मेटेर बढी मूल्यसहित रिलेवलिङ् गरिएका उक्त कम्पनीका रङ् बजारमा बिक्री भएको पाइएपछि विभागले कम्पनीको उपत्यकास्थित २ वटा गोदाममा एकै पटक अनुगमन गरेको थियो । सो क्रममा अवैध रूपमा बिक्रीका लागि बजारमा पठाउन राखिएका रङलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको रङलाई विभागको बबरमहलस्थित कार्यालय परिसरमा सुरक्षित राखिएको छ । रङको अवैध बिक्री वितरण गर्दै आएको एशियन पेन्ट्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गर्नुका साथै नियन्त्रण लिइएको रङलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी नष्ट गर्ने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा