उत्तर कोरियाले रुसमा हतियार निर्यात गर्यो : अमेरिका
उत्तर कोरियाले मध्यपूर्व वा अफ्रिकामा ढुवानीको आवरणमा रसियालाई “महत्वपूर्ण“ तोपगोला बारूद पठाउँदै गरेको संयुक्त राज्य अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताए।
उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो । अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरेका छैनन् । बुधबार उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेका थिए । दुबै देशले प्रहार गरेका क्षेप्यास्त्र एक अर्काको तटस्थित पानीमा खसेका थिए । उत्तर कोरियाले एकै दिन कम्तीमा २३ वटा मिसाइल प्रहार गरेको थियो ।
प्योङयाङले प्रहार गरेको क्षेप्यास्त्रमध्ये एउटा दक्षिण कोरियाी सहर सोक्चोबाट ६० किलोमिटर भन्दा कम दूरीमा खसेको थियो, जसलाई दक्षिणका राष्ट्रपति युन सुक–योलले ‘क्षेत्रीय अतिक्रमण’ भनेका छन् । सन् १९४५ मा कोरियाली प्रायद्वीप विभाजित भएदेखि दक्षिणको पानीमा ब्यालिस्टिक मिसाइल खसेको यो पहिलो पटक हो ।
दक्षिण कोरिया र अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासको जबाफमा ती क्षेप्यास्त्र प्रहार गरिएको प्योङयाङले जनाएको छ । सो अभ्यासलाई उत्तर कोरियाले ‘आक्रामक र उत्तेजित’ बताउँदै आएको छ । अभ्यासको अमेरिकाले पनि बचाउ गरेको छ । मंगलबार मात्र अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अभ्यास ‘विशुद्ध रक्षात्मक’ भएको बताएका थिए । प्योङयाङले संयुक्त सैन्य अभ्यास जारी राखे भने अमेरिका र दक्षिण कोरियाले ‘इतिहासको सबैभन्दा भयानक मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण