मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युवालाई उद्यमशील बन्न श्रेष्ठको आग्रह

शनिबार, १९ कात्तिक २०७९, १५ : ४६
शनिबार, १९ कात्तिक २०७९

चितवन क्षेत्र नम्बर २ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठले शिक्षित युवाहरूले देशको समृद्धिको हासिल  गर्न सक्ने  बताएका छन् । चुनावी अभियानका क्रममा आज इच्छाकामना गाउँपालिका स्थित चुम्लिङ्गटारमा युवा तथा विद्यार्थी भेटघाट कार्यक्रममा श्रेष्ठले शिक्षाबाट  बेरोजगारी अन्त्य गर्न सकिने बताएका हुन् । 

आफू पनि यही शिक्षा क्षेत्रबाट नै स्थापित र  सफल भएकोले युवाहरू शिक्षित र उद्यमशील  हुनुपर्नेमा उनले जोड दिए । ‘तपाईँहरू शिक्षित हुनुस्। उद्यमशील बन्नुस् । मेहनत गर्नुस् । देशको समृद्धि तपाईंहरूको हातमा छ । त्यसैले एक मिनेट पनि खेर नफाल्नुस्,’ श्रेष्ठले भने । युवाहरूले  देशमा उज्यालो ल्याउन सक्ने भन्दै युवा नै देशको मेरुदण्ड रहेको बताए । देश बनाउने जिम्मेवारी र दायित्व युवाको भए पनि दैनिक दुई हजारको हाराहारीमा युवाहरू विदेशिनुपर्ने  दुःखद विषय भएको उनले बताए ।

‘देशको जनसङ्ख्याको अधिकांश उत्पादनशील, उद्यमशील युवाहरू हुनुहुन्छ । तपाईँहरूले आफूले जीवन खेर फाल्नु हुँदैन । स्वदेशमै केही गर्नुपर्छ,’ श्रेष्ठले भने । युवाहरूले स्वरोजगार र आत्मनिर्भर बन्ने काम गर्नुपर्ने भन्दै उनले युवाको रोजगारीको लागि लोकतान्त्रिक वाम गठबन्धनलाई मत दिएर जिताउन आग्रह गरे । ‘युवाहरूले कार्यक्रम ल्याउनुस्, योजना ल्याउनुस् हामी  युवाको साथमा छौँ,’ श्रेष्ठले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप