बार्यन शीर्ष स्थानमा उक्लियो
बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा हेर्था बर्लिनलाई ३–२ गोल अन्तरले हराउँदै बायर्न शीर्ष स्थानमा उक्लिएको हो ।
हेर्थाको घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन एरिक म्याक्सिम मोटिङले दुई गोल गरे । जमल मुसिआलाले एक गोल गरे । हर्थाका लागि डोडी लुकबाकिया र डेभिया सेल्केले एक–एक गोल गरे ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको बायर्नले १३ खेलमा २८ अंक जोडेको छ । यता हेर्था ११ अंक जोडेर १४ औं स्थानमा रहेको छ । शनिाबर राति नै भएको खेलमा युगलका कीर्तिमानीमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
बक्हमविरुद्धको खेलमा ३–० को जित निकाल्दा दुई गोल गर्दै मोउकोकोले कीर्तिमान बनाएका हुन् । युसुफा मोउकोकोले बुन्डेसलिगामा सर्वाधिक कम उमेरमा १० गोल पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
जितसँगै डर्टमण्ड १३ खेलमा २५ अंक जोडेर तेस्रो स्थानमा छ । बक्हम ७ अंक जोडेर १७ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण