स्पेजियामाथि मिलानको जित
आइतबार, २० कात्तिक २०७९, ०८ : ३५
एसी मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले स्पेजियालाई २–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन थियो हर्नान्डेजले र ओलिभर जिरुडले एक–एक गोल गरे । उता स्पेजियाका लागि डेनियल मल्दिनीले एक गोल फर्काए ।
खेलको २१ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा माल्दिनीले गोल गरेपछि स्पेजिया १–१ गोलको बराबरी आयो
खेलको ८९ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई २–१ को जित दिलाए । उनले गोल गरेको एक मिनेट पछि दोहोरो पहेँलो कार्डसँग रातो कार्ड खाँदै जिरुड मैदान बाहिरिए ।
जितसँगै मिलानले १३ खेलमा २९ अंक जोडेर मिलान दोस्रो स्थानमा उक्लिएको छ । पराजित स्पेजिया ९ अंक जोडेर १७ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण