पत्रपत्रिका
विदेशीलाई व्यावसायिक भिसामा कडाइ
सोमबार, २१ कात्तिक २०७९, ०५ : ३७
सरकारले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्रै विदेशी लगानी स्वीकृत गराउने माथि कडाइ गर्ने भएको छ । नेपालमा उद्योगधन्दा खोल्ने भनेर उद्योग विभागबाट लगानी स्वीकृत गराई व्यावसायिक भिसा लिने तर लगानी नगर्नेहरूलाई निरूत्साहित गर्न व्यावसायिक भिसा सिफारिसमा कडाइ गर्न लागिएको हो ।
उद्योग विभागले व्यावसायिक भिसा सिफारिसलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै भिसा सिफारिसमा केही नयाँ व्यवस्था गरेको छ । यसले व्यावसायिक भिसालाई वास्तविक लगानीसँग आबद्ध गर्न सकिने विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् । कतिपय विदेशी नागरिकमा नेपालमा वास्तविक लगानी गर्नु नभइ केही समय बसोवास गर्ने र भिसाको म्याद सकेर गन्तव्यमा फर्किने मनसाय देखिएको उनको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण