शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निजी विद्यालयमा धेरैभन्दा धेरै गरिबलाई छात्रवृत्ति दिने व्यवस्था गर्छु : श्रेष्ठ

सोमबार, २१ कात्तिक २०७९, ०९ : ४०
सोमबार, २१ कात्तिक २०७९

चितवन निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यतर्फ गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठले शिक्षामा विकास गर्न अति आवश्यक रहेको बताएका छन् । आइतबार भएको भएको शैक्षिक परामर्श कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रमा ठुलो लगानी आवश्यक रहेको बताएका हुन् ।

उनले सरकारी विद्यालयमा लगानी बढाएर गुणस्तर बढाउनका लागि आफूले विगत देखि नै पहल गर्दै आएको बताए । उनले सबै गरिब जनताको सीप र शिक्षामा विकास नगरी नहुने धारणा राखे ।

उनले हाल सरकारी विद्यालयमा शिक्षकको दरबन्दी थप्न आवश्यक रहेको र त्यो काम आफूले देशभरि नै गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । शिक्षामा ठुलो लगानी गर्ने गरी आफूले शिक्षाको संघीय संरचनालाई जोड दिँदै कानुन निर्माणमा पहल गर्ने उनको भनाइ छ ।

“चितवनको इच्छाकामनाको डाँडामा पुग्दा मेरो मनै कटक्क खायो । चण्डिभञ्ज्याङ्गको एउटा हाइस्कुलमा पुग्दा खेरी मेरो मन असाध्यै छोएको छ, उनले भने, “त्यो ५० वर्ष पुरानो स्कुल न भौतिक पूर्वाधार छ । एउटा प्राइमरी लेभलको शिक्षकले हाइस्कुल पढाउनु परेको छ । अरे यो हाम्रो शिक्षाको गुणस्तर कसरी बढ्छ ? खै दरबन्दी ? खै पूर्वाधार ?"

अब धेरै पढ्न नसक्ने युवाका लागि सीप सिकाउने शैक्षिक संस्था खोल्न आवश्यक रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा आवासीय व्यवस्थासहितका विद्यालयहरू खोल्न आवश्यक रहेको बताए । गाउँमा स्कुल टाढा हुँदा विद्यार्थीलाई जान आउन समस्या हुने भएकाले त्यही बसेर पढ्ने व्यवस्था मिलाउन आफूले पहल गर्ने उनको प्रतिबद्धता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप