अर्जेन्टिनाले विश्वकप जित्ने फिफाको अनुमान सही साबित होला ?
फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । यसअघि सन् यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही साबित भएको थियो ।
सन् २०१० मा स्पेनले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकप जितेको थियो । त्यस्तै सन् २०१४ मा जर्मनीले विश्वकप जित्ने अनुमान सहि साबित हुँदा २०१८ मा फ्रान्सले विश्वकप जित्ने सहि साबित भएको थियो ।
इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको भिडियो गेम हो । फिफाले प्रतियोगिताको समूह विभाजन अनुसार नै गरेको सिमुलेसनबाट फाइनल अर्जेन्टिनाले जित्ने नतिजा निस्किएको हो ।
फाइनलमा अर्जेन्टिनाले ब्राजिलाई हराउँदै उपाधि जितेको छ । फिफाको सिमुलेसन अनुसार अर्जेन्टिनाकै कप्तान लिओनेल मेस्सी ७ खेलमा ८ गोल गर्दै प्रतियोगिताका सर्वाधिक गोलकर्ता बन्ने देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण