सामसङको नयाँ मोबाइल ए ०४ बजारमा, के-के छन् विशेषता ?
युवा पुस्तालाई लक्षित गरे सामसङले ग्यालेक्सी ए ०४ मोबाइल नेपाली बजारमा ल्याएको छ ।
ग्यालेक्सी ए०४ मा क्यामेराको गुणस्तरमा सुधार ल्याउनुको साथै अन्य एपमा पनि अपग्रेड गरिएकोले युवा प्रयोगकर्ताहरूले रुचाउने कम्पनीको विश्वास रहेको छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “हामीले सामसङमा सधैं हाम्रा ग्राहकहरूलाई विश्वासको भावना दिन सक्ने विश्वसनीय उत्पादनहरू लिएर आएका छौँ । यही ब्रान्ड पेडिग्रीको साथ हामीले नयाँ एन्ट्री–लेभल स्मार्ट फोन ग्यालेक्सी ए ०४ लन्च गर्दै छौं जसले तपाइँको सबै पलहरूलाई यसको उत्कृष्ट ५० एमपी क्यामेराबाट क्याप्चर गर्दछ ।“
नयाँ ग्यालेक्सी ए ०४ मा ५० एमपी क्यामेरा रहेको छ, जुन स्मार्टफोनको यो किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको छ । मोबाइलमा ५००० एम ए एचइन–बक्स ब्याट्री र १५ वाट फास्ट चार्जरले समावेश छ । साथै, ६.५ इन्च फुल–स्क्रिन र डल्बी एटमसको आवाज रहेकोले मोवाइलमौ चलचित्रहरूको आनन्द लिन सकिने कम्पनीको विश्वास रहेको छ ।
सामसङ ग्यालेक्सी ए ०४ र्याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ । ४ जीबी + ६४ जीबी भेरियन्टको मूल्य रु १६,९९९ र ३ जीबी + ३२ जीबी भेरियन्टको मूल्य रु १४,९९९ रहेको छ । यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन रंगमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण