नेपालमा खिचिएको बलिउड ‘उचाइ’ शुक्रबारदेखि रिलिज हुँदै
नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ शुक्रबारदेखि भारत र नेपालमा पनि प्रदर्शनमा आउने भएको छ । ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपाल वितरण गर्न लागेको हो ।
फिल्ममा नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग गरिएको छ । बलिउड फिल्म भएपनि यसले नेपाललाई विश्वमाझ चिनाउने अपेक्षा गरिएको छ ।
फिल्मलाई नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर वितरण गर्दैछन् । यो फिल्मको लाइन प्रोड्यूसरमा नेपालको चर्चित फिल्म निर्माण कम्पनी थ्री ह्विलर्स फिल्मस् रहेको छ । नेपालमा यो फिल्म छायांकन गर्दा करिब २० करोड खर्च भएको थ्री ह्विलर्सका प्रमुख सुरज आचार्यले जानकारी दिए ।
फिल्म वितरण गर्न लागेका राजन पुरीले भने–‘यो बलिउड फिल्म मात्र होइन, यसमा नेपालीहरुको भावना पनि जोडिएको छ । नेपालका दृश्यहरुलाई क्यामेरामा कैद गरिएको यो फिल्मलाई आम नेपालीहरुमाझ देखाउन आवश्यक छ । यसले, आन्तरिक पर्यटक वृद्धिमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ । यसैले, यसपटक हामीले भावनात्मक रुपमा यो फिल्मसँग जोडिने निर्णय गरेका हौं ।’
फिल्मको बुकिङ नेपालभर खुलिसकेको छ र मल्टिप्लेक्सले सुखद शोज दिएका छन् । सुरज बन्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा निर्माण गरिएको फिल्म राजश्री प्रोडक्सनले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सभा खारेज सम्बन्धी रास्वपाको प्रस्तावबारे मधेसमा व्यापक विरोध
-
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
-
स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउने कदम ‘संक्रमणजस्तै फैलिन सक्ने’ अमेरिकी चेतावनी
-
स्टुडियो थिएटरमा नाटक ‘संशय’ मञ्चन हुने
-
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
-
भारतबाट सडक मार्ग हुँदै काठमाडौँ आएका थिए बंगालादेशी, अनुसन्धान गर्दै अध्यागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण