बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ बंगलादेशी पक्राउ प्रकरण

भारतबाट सडक मार्ग हुँदै काठमाडौँ आएका थिए बंगालादेशी, अनुसन्धान गर्दै अध्यागमन

फरएभर योङ्ग गार्मेन्टमा छापा मारेर पक्राउ
बिहीबार, ११ असार २०८३, १४ : ४५
बिहीबार, ११ असार २०८३

काठमाडौँ । असार ९ मा काठमाडौँको डल्लु र सीतापाइलाबाट २४ जना बंगलादेशी नागरिक पक्राउ परे ।

उनीहरूलाई प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका मध्येका २० जना भिसाबिनै नेपाल प्रवेश गरेको भेटिएको छ । दुई जनाको साथमा मात्र नेपालको वैध भिसा रहेको भेटिएको छ । अर्का दुई जना भिसाको अवधि समाप्त भएर नवीकरण नगरी काठमाडौँमा बसिरहका थिए ।

बंगलादेशीहरू काठमाडौँ महानगरपालिका–१५ मा सञ्चालित गार्मेन्टमा काम गर्दै आएका थिए । उनीहरू सबैलाई फरएभर योङ प्रालि नामको गार्मेन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । साथमा भिसा नभएका २० जना बंगलादेशबाट भारत हुँदै नेपाल प्रवेश गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । एसपी भट्टराई भन्छन्, ‘भिसा नहुनेहरू बंगलादेशबाट भारत प्रवेश गरेर सडक मार्गबाट नेपाल आएको देखिन्छ ।’

भिसा भएका दुई जनाले पर्यटक भिसा लिएको भेटिएको छ । पक्राउ परेका बंगलादेशीहरूलाई प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि अध्यागमन विभागमा पठाएको छ । पक्राउ परेका बंगलादेशी नागरिकबारे अनुसन्धान भइरहेको अध्यागमन विभागका प्रवक्ता (उससचिव) टीकाराम ढकालले रातोपाटीलाई बताए ।

पक्राउ परेका नागरिकहरूः

१. बंगलादेशको ढाका घर भएर काठमाडौं–१५ डल्लु बस्ने २५ वर्षीय राकी भूल

२. बंगलादेश ढाका घर भएर काठमाडौं–१५ डल्लु बस्ने ३५ वर्षिय विनलल शेख      

३. बंगलादेश ढाका घर भएर काठमाडौं–१५ डल्लु बस्ने ३३ वर्षीय अल अमिन

४. बंगलादेश ढाका घर भएर काठमाडौं–१५ डल्लु बस्ने १८ वर्षीय राहिम शेख

५. बंगलादेश ढाका घर भएर काठमाडौं– १५ डल्लु बस्ने वर्ष ३६ को मानिक खान

६. बंगलादेश ढाका काठमाडौं– १५ डल्लु बस्ने वर्ष ३३ को मञ्जुर रमन

७. बंगलादेश घर भएर काठमाडौं– १५ सितापाईला बस्ने वर्ष  ३८ को एम्डी सामिम

८. बंगलादेश ढाका घर भएर काठमाडौं– १५ सितापाईला बस्ने वर्ष ४३ को सागोर

९. बंगलादेश ढाका घर भएर काठमाडौं– १५ सितापाईला बस्ने वर्ष  ३७ को मुस्ता किम 

१०. बंगलादेश ढाका घर भएर काठमाडौं– १५ सितापाईला बस्ने वर्ष  २६ को साईपुल हुसन

११. बंगलादेश ढाका घर भएर काठमाडौं– १५ सितापाईला बस्ने वर्ष २३ को काहाजोल

१२. बंगलादेश ढाका घर भएर घर भएर काठमाडौं– १५ सितापाईला बस्ने वर्ष ३६ को खोकन

१३. बंगलादेश ढाका घर भएर काठमाडौं– १५ सितापाईला बस्ने  वर्ष  ४१ को माचु

१४. बंगलादेश ढाका घर भएर घर भएर काठमाडौं– १५ सितापाईला बस्ने वर्ष  ५६ को चुन्नु

१५. बंगलादेश ढाका घर भई घर भएर काठमाडौं– १५ सितापाईला बस्ने वर्ष  ३० को जिबोन

१६. बंगलादेश ढाका घर भएर काठमाडौं– १५ सितापाईला बस्ने  वर्ष  ३१ को आशिकुल स्लाम

१७. बंगलादेश ढाका घर  भएर घर भएर काठमाडौं– १५ सितापाईला बस्ने २४ वर्षीय दिनिश स्लाम

१८. बंगलादेशको ढाका घर भएर काठमाडौं– १५ सितापाईला बस्ने ४४ वर्षीया रन्जु

१९. बंगलादेश ढाका घर भएर घर भएर काठमाडौं– १५ सितापाईला बस्ने नाशिर हुसेन

२०. बंगलादेशको ढाका घर भएर काठमाडौं– १५ सितापाईला बस्ने वर्ष ३६ को आलम 

 २१. बंगलादेशको ढाका घर भएर काठमाडौं– १५ सितापाईला बस्ने वर्ष  ३५ को आलमिन

२२. बंगलादेशको ढाका घर भएर काठमाडौं– १५ सितापाईला बस्ने २५ वर्षीय सुमोन मिया

२३. बंगलादेशको ढाका घर भएर काठमाडौं– १५ सितापाईला बस्ने वर्ष ४० को अब्दुल हालिम

२४. बंगलादेशको ढाका घर भएर काठमाडौं– १५ सितापाईला बस्ने वर्ष २६ को माक्सुद 

कम्बोडियामा जस्तै प्रकृत्तिको ‘स्क्यामिङ सेन्टर’ चलाउने तयारी गरिरहेका १५ जना बंगलादेशीहरू यसअघि जेठ १५ मा पक्राउ परेका थिए । विद्युतीय माध्यमबाट बंगालादेशी र भारतिय मोडलहरूको फोटो सहितको लिंक पठाएर व्यक्तिहरूको बैंक खातामा पहुँच बनाएर ‘फिसिङ’ गर्ने धन्दा सुरु गरेका उनीहरूलाई अध्यागमन विभागले डिपोर्ट गरेको छ । विभागले अध्यागमन ऐन अनुसार बंगलादेशीहरूलाई जरिवानासहित डिपोर्ट (निष्कासन) गर्ने निर्णय गरेको हो ।

अहिले पक्राउ परेकाहरूबारे निर्णय भएको छैन । भिसा अवधि समाप्त भएका र बिनाभिसा प्रवेश गरेकाहरूलाई अध्यागमन विभागले पक्राउ गरेर डिपोर्ट गदै आएको छ । नेपालबाट सवैभन्दा धेरै चीनका नागरिक निष्कासनमा पर्ने गरेका छन् । चीन, बंगलादेश, अमेरिका, बेलायत र पाकिस्थानका नागरिक सबैभन्दा धेरै डिपोर्ट हुने गरेका विभागका प्रवक्ता ढकालले जाननकारी दिए । उनले भने, ‘धेरै सख्यामा ५ मुलुकका नागरिक निष्कासनमा पर्ने गरेका छन्, तीमध्ये सबैभन्दा धेरै चिनियाँहरू छन् ।’

पछिल्लो ६ महिना अर्थात् सन् २०२६ जनावरीयता २७ जना बंगलादेशी नागरिक निष्कासनमा परेका छन् । सो अवधिमा  २८ जना चिनियाँलाई निष्कासन गरिएको प्रवक्ता ढकालले बताए ।

पछिल्लो ५ वर्षमा नेपालबाट निष्कासन भएका विदेशीको विवरणः

namae

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप