सिरियामा जारी हिंसाप्रति राष्ट्र सङ्घीय प्रमुखको चासो
संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटरेसले सिरियामा पछिल्ला केही दिनयता जारी रहेको हिंसाप्रति चासो व्यक्त गरेका छन् । उनले केही दिनयता सिरियाका विभिन्न भूभागमा हिंसात्मक हमला भएर केही व्यक्तिको ज्यान गएको तथा कैयौँ व्यक्ति विस्थापित हुन पुगेका घटनाप्रति चासो व्यक्त गरेको उनका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
महासचिव गुटरेसले यस्तो आक्रमणलाई रोकी सबै पक्षले शान्ति र संयम अपनाउन आग्रह पनि गरे । केही दिनयताको सो हमलाबाट उत्तरपूर्वी सिरियाली नगर इडलिबका कैयौँ मानिस विस्थापित हुन पुगेका पनि बताइएको छ ।
यसवर्ष उत्तरी सिरियामा मात्र एक सय २१ जनाको यस्तै आक्रमणबाट ज्यान गएको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । यहाँका ४० लाखभन्दा बढी व्यक्ति सो हिंसात्मक हमलाबाट प्रभावित भएका छन् । उनीहरुमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् । उनीहरूलाई अहिले संयुक्त राष्ट्र संघीय सहायता प्रदान गर्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण