बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

को हुन् ती पाकिस्तानी नायिका ? जोसँग जोडिएको छ सानिया मिर्जाका श्रीमानको नाम

शुक्रबार, २५ कात्तिक २०७९, १२ : ५७
शुक्रबार, २५ कात्तिक २०७९

भारतीय टेनिस स्टार सानिया मिर्जा र उनका श्रीमान् शोएब मलिक यतिबेला चर्चामा छन् । पाकिस्तानी क्रिकेटर शोएबको सानियासँग सम्बन्धविच्छेदको खबर निकै अघिदेखि आइरहेको छ । यसबारे यो जोडीले हालसम्म कुनै आधिकारिक बयान दिइसकेका छैनन् । 

तर सोसल मिडिया प्रयोगकर्ताले शोएब र सानियाको सम्बन्धविच्छेदको कारण निकालेका छन् । थुप्रै प्रयोगकर्ताले यो मामिलामा एक पाकिस्तानी नायिकाको सिधा सम्बन्ध भएको बताएका छन् ।

पाकिस्तानी नायिकाको नाम बीचमा
नोभेम्बर सन् २०२१ मा पाकिस्तानी क्रिकेटर तथा सानिया मिर्जाका श्रीमान् शोएब मलिकले एउटा फोटोसुट गराएका थिए । चर्चित पाकिस्तानी म्यागजिनका लागि गराइएको यो फोटोसुटमा उनीसँग नायिका आयशा उमर देखिएकी थिइन् । यी दुईका फोटो र पोज निकै बोल्ड थिए र उनीहरु बीचको केमेस्ट्री निकै राम्रो देखिएको थियो । यस्तोमा अब सम्बन्धविच्छेदको खबरका बीच त्यहि फोटो भाइरल भएका छन् । धेरैले सानिया मिर्जाको वैवाहिक सम्बन्ध टुट्नुमा आयशा उमरलाई जिम्मेवार ठानिरहेका छन् । अब यो कुरामा वास्तविकता कत्तिको छ, त्यो भने भोलिको समयले बताउला । तर यहाँ आयशा उमर को हुन् भन्ने बारे जानकारी लिऔँ ।

को हुन् आशया उमर ?
१२ अक्टोबर सन् १९८१ मा पाकिस्तानको लाहौरमा जन्मिएकी आयशा उमर एक चर्चित अभिनेत्री हुन् । उनले चर्चित पाकिस्तानी सिरियल ‘जिन्दगी गुलजार’ मा अभिनय गरेकी थिइन् । आयशा उमर एक वर्षको हुँदा नै उनले आफ्नो बुवा गुमाएकी थिइन् । उनी र उनका भाइलाई उनकी आमाले एक्लै हुर्काएकी हुन् । नायिकाले आफ्नो बाल्यकाल निकै मुश्किलमा बितेको भएपछि स्वतन्त्र रहेको बताइन् ।

लाहौर ग्रामर स्कूलमा आयशा उमर पढेकी थिइन् । त्यसपछि नेशनल स्कुल अफ आर्टस्बाट ब्याचलर्स र मास्टर्सको डिग्री लिइन् । स्कुल र कलेजमा आयशा थिएटर नाटकमा भाग लिने गर्थिन् । यहाँबाट नै उनले नृत्य सिकिन् । उनले आफ्नो करियरको सुरुवात मोडलको रुपमा गरेकी थिइन् । उनले थुप्रै विज्ञापनमा काम गरिन् । आठ वर्षको उमेरमा नै उनले ‘मेरे बचपन के दिन’ नामको एउटा शो होस्ट गरेकी थिइन् ।

शोषणको सामना
सन् २०२० मा पाकिस्तानी अभिनेता एहसान खानले शो बोल नाइट्स विद एहसान खानमा आयशाले आफू यौन शोषणको शिकारी भइसकेको बताइन् । उनले आफ्नो जीवन र करियरमा शोषणको सामना गरिसकेको बताएकी थिइन् । त्यसैले आफूलाई यो कस्तो हुन्छ भनेर राम्रोसँग थाहा भएको बताइन् । उनले भनिन्, ‘यसबारे कुरा गर्न ममा अझै पनि हिम्मत छैन । सायद कुनै दिन म यसबारे बोल्नेछु तर म शोषणको सामना गरिरहेका मानिसहरुलाई बुझ्न सक्छु ।’

यहाँबाट भयो अभिनय करियरको सुरुवात
आयशा उमरले टिभी सिरियल ‘कलेज जिन्स’ बाट अभिनयको डेब्यु गरेकी थिइन् । त्यसपछि उनलाई बुलबुले नामको सिरियलमा देखियो । यो पाकिस्तानको सबैभन्दा बढी हेरिएको सिरियल बन्यो । सन् २०१२ मा आयशा उमरले सफल ड्रामा ‘जिन्दगी गुलजार’ हे मा काम गरेकी थिइन् । यसमा अभिनेता फवाद खान उनका भाइ बनेका थिए । उनले एक अन्तरवार्तामा उनी र फवाद एक अर्कालाई कलेजको समयदेखि चिन्ने गरेको बताइन् ।

टिभी सिरियलमा काम गर्नुका साथै आयशा उमरले पाकिस्तानी फिल्ममा पनि काम गरिन् । उनले फिल्म ‘लव में गम’ र ‘मैं हूं शाहिद अफरिदी’ मा आइटम नम्बर गरेकी थिइन् । यी दुबै फिल्म हिट भएका थिए । त्यसपछि उनलाई सन् २०१७ मा रिलिज भएको फिल्म यलगारमा देखियो । पाकिस्तानी नायिका माहिरा खानको फिल्म ‘सात दिन मोहब्बत इन’ मा पनि आयशालाई देखिएको थियो । सन् २०१८ मा उनले न्युयोर्क फेसन विकमा पाकिस्तानको प्रतिनिधित्व पनि गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप